September 18, 2021

News

Special General Meeting

वार्षिक प्रतिवेदन २०७९-२०८०

लेखापरीक्षण पछिको आर्थिक प्रतिवेदन २०७९-२०८०

सातौँ वार्षिक साधारण सभा सम्बन्धी सूचना

मिति २०८० कार्तिक ३० गते प्रकाशित

अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको लेखापरीक्षण अधिको आर्थिक प्रतिवेदन

मिति २०८० साउन ३२ गते प्रकाशित

अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको लेखापरीक्षण अधिको आर्थिक प्रतिवेदन

मिति २०८० असर ५ गते प्रकाशित

विवरण पत्र

आह्वान पत्र

विवरण पत्र

अप्पर स्यांगे हाइड्रोपावरको आइपीओ निष्कासन गर्ने विवरण पत्र

पूर्ण फाइल यहाँबाट प्राप्त गर्न सक्नुहुन्छ :

आह्वान पत्र

अप्पर स्याङ्गे हाइड्ड्रो पावर लिमिटेडको आइपिओको लागि आह्वान पत्र

अप्पर स्यांगे हाइड्रोपावरको आइपीओ निष्कासन गर्ने प्रस्ताव

काठमाडौं : अप्पर स्यांगे हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशन गर्ने तयारी गरेको छ । आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न कम्पनीले असोज २४ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय चन्डोल ४ काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीको अधिकृत र जारी पुँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियामालीमा संशोधन गर्ने एजेन्डा पनि छ ।

यस्तै, आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन लगायतका प्रस्ताव पनि पेश गरिनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

माथिल्लो स्याङ्गेको परीक्षण पूरा, साताभित्र प्रणालीमा जोडिने

२०७८ मङ्सिर २२

अप्पर स्याङ्गे हाइड्रो पावर कम्पनीले निर्माण सुरु गरेको ४ वर्षमा आयोजना सम्पन्न गरेको हो । २०७४ सालदेखि निर्माण सुरु भएको आयोजनाको निर्माण सकिएर सिभिल संरचना तथा जडान भएका उपकरणहरूको परीक्षण सकिएको आयोजना इन्जिनियर जिवन केसीले बताए ।

काठमाडौं । २.४ मेगावाटको  माथिल्लो स्याङ्गे खोला जलविद्युत आयोजना अबको साताभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । लमजुङमा निर्माण सम्पन्न भएको जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु हुन लागेको हो ।

उनका अनुसार आयोजनामा जडान भएको हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल उपकरण ठिक छन् कि छैनन् भनी गरिएको परीक्षण सफल भएको छ । संरचना तथा उपकरणको परीक्षणको चरण पूरा भएकोले आगामि एक साताभित्र उत्पादन परिक्षण सुरु गरिनेछ ।

एक साताभित्र नेपाल विद्युत प्राधिकरणका प्राविधिक  गएर उत्पादन परिक्षण सुरु गर्नेछन्,’ उनले ऊर्जाखबरसँग भने, ‘आयोजनाबाट उत्पादन भएको विद्युत प्रसारण प्रणालीमा जोडिएपछि २ सातासम्म परीक्षण उत्पादन चल्नेछ ।’  परीक्षण उत्पादनको चरण पूरा गरेर व्यापारिक उत्पादन सुरु गरिने कम्पनीले जनाएको छ ।

आयोजनाको विद्युत ३३ केभी प्रसारण लाइन मार्फत १२ किलोमिटर दुरीमा रहेको खुदी सबस्टेसनमा जोडिनेछ । सबस्टेसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गरेको हो ।

आयोजनाबाट वार्षिक १४.६१६ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । हिउँदमा २.८६८ गिगावाट घन्टा र बर्खामा ११.७४८ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ ।

आयोजनाबाट २०७६ जेठभित्रनै विद्युत उत्पादन सुरु गर्ने तालिका भए पनि विविध कारणले गर्दा ढिला भएको हो । आयोजना ४६ करोड १० लाख ८४ हजार रुपैयाँमा सम्पन्न भएको छ ।

Powered by Abhiyantrik Technology.